४ आश्विन २०८१, शुक्रबार

देशका धेरै स्थानको तापक्रममा गिरावट आउन सक्ने,पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  4 December, 2020 8:18 am


काठमाडौं,१९ मंसिर ।

देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराईमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमी पूर्वानुमान सम्बन्धी बुलेटिन जारी गर्दै  प्रदेश नं १. बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको जनाएको छ । महाशाखाले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको पनि उल्लेख गरेको छ ।

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ :  आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १९ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।  । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

 प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंसिर २० गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

राती : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ ।

मंसिर २१ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। । बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !