४ आश्विन २०८१, शुक्रबार

रुकुम (पश्चिम) मा ४ वटा बैंकले ‘किसान सहकार्य समूह’लाई सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउने

प्रकाशित मिति :  4 December, 2020 6:59 pm


काठमाडौं,१९ मंसिर । 

रुकुम (पश्चिम) मा ४ वटा बैंकले ‘किसान सहकार्य समूह’लाई सहुलियतपूर्ण कृषि ऋण उपलब्ध गराउने भएका छन् ।

काठमाडौंमा जिल्ला समन्वय,६ वटा पालिका प्रमुखहरु र राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लि ,लक्ष्मी बैंक लि. र सनराइज बैंक लि. संग केन्द्रीय कार्यालयमा ‘किसान सहकार्य समूह’लाई सहुलियत पुर्ण कृषि ऋण उपलब्ध गराउने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

हिजो र अस्ति दुई दिनको बीच समझदारी पत्रमा हस्ताक्षर भएको रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले जानकारी गराएका छन् ।

समझदारी पत्रमा हस्ताक्षर पनि उनले भनेका छन्,”यसका लागी चार वटा बैंकका सिइओ र पालिका प्रमुख लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना । परम्परागत उत्पादन लाई व्यवसायिक उत्पादनमा बदल्दै आर्थिक आत्मनिर्भरताको वृद्धि गर्न यस अभियानले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !