४ आश्विन २०८१, शुक्रबार

हुम्लामा भएको बोलेरो जीप दुर्घटनामा ४ जनाको मृत्यु, सात जना घाइते

प्रकाशित मिति :  5 December, 2020 7:10 am


हुम्ला,२० मंसिर ।

हुम्लामा भएको बोलेरो जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

गएराति राती लु २ च २१०२ नम्वरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमीकोट आउनेक्रममा सिमकोट गाउपालिका ७ मा जुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीप्रमुख सुवेदीले जानकारी दिए ।

दुर्घटनामा परी एक बालकसतहत सात जना घाइते भएका सुवेदीले  जानकारी दिए । घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्यूठानका अजय बस्नेत, सिमकोट -८ खोल्सिकी कल्पना सिंह, सिमकोट-८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट- ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा -१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका राससले जनाएको छ ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रमुख सुवेदीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !