४ आश्विन २०८१, शुक्रबार

रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा संरचनामा परिमार्जन हुने, ३ वडा थप्ने प्रस्ताव

प्रकाशित मिति :  5 December, 2020 8:14 am


मनोज पुन-

रोल्पा,२० मंसिर ।

रुन्टीगढी गाउँपालिकाको वडा संरचनामा परिमार्जन हुने भएको छ ।

परिमार्जनका लागि गाउँपालिकाको सिमाङ्कन तथा नक्साङ्कन कार्यदलले सम्बन्धित वडाका सरोकारवालाहरुसँग हिजो छलफल समेत गरेको छ । रुन्टीगढी गाउँपालिकाका ९ वडाहरुलाई १२ वडा बनाउने गरि कार्यदलले छलफल चलाएको हो ।

अन्तरकृया कार्यक्रममा कार्यदलका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर घर्तीले भौगोलिक अवस्था र स्थानीय नागरिकको सहजतालाई ध्यान दिएर विभिन्न वडाहरुका नागरिकहरुलाई प्रभाव नपर्नेगरी काँटछाटगरी होलेरी केन्द्र,सैवाङ केन्द्र र वोरीवाङ केन्द्र वनाउने गरी थप ३ वटा वडाहरु थप्ने प्रस्ताव गरेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जनतासंग वस्तीस्तरमा गएर घनिभूत रुपमा छलफलगरी वडा थपिने बताए । प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराईले सम्बन्धित बस्तीहरुमा छलफल भएर सहमति भएको खण्डमा गाउँसभाले पास गरेर प्रदेश र संघमा सिफारिस गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !