३ आश्विन २०८१, बिहिबार

राजावादीहरुको आन्दोलन फैँलदै जाँदा विप्लव नेकपाद्धारा आफ्नो धारणा सार्वजनिक

प्रकाशित मिति :  7 December, 2020 7:25 am


काठमाडौं,२२ मंसिर ।

देशभर राजावादीहरुको प्रर्दशन फैँलदै गएका बेला विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीको मुखपत्र ई-रातोखबर मार्फत धारणा सार्वजनिक गर्दै  नेकपाले ‘सरकार विरुद्धको प्रर्दशनलाई साथ’ भन्दै नरम बन्ने नीति लिएको हो ।

पार्टीको मुखपत्र ई—रातोखबरका अनुसार केही सञ्चार माध्यममा प्रकाशित ‘राजावादीहरुको आन्दोलनमा विप्लवले बम हान्ने’ जस्ता उत्तेजक शीर्षक बनाएर प्रचार प्रसार भइरहेको भन्दै नेकपाले ध्यानाकर्षण भएको बताएको छ ।

केन्द्रीय कार्यालय स्रोतलाई उदृढ गर्दै ई—रातोखबरले भनेको छ, “नेकपाको केन्द्रीय कार्यालय स्रोतले यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिँदै सरकार विरोधी कुनैपनि प्रकारका आन्दोलनहरुमा आफ्नो पार्टीको हस्तक्षेप नहुने प्रष्ट पारेको छ । ”

यद्यपी नेपाली जनताको मुक्ति र परिवर्तनको बाटो र नेपाली जनताका लागि उत्कृष्ट व्यवस्था वैज्ञानिक समाजवाद मात्र भएको भन्दै जनता सधैँ अग्रगमनका पक्षमा हुने र पश्चगमनका पक्षमा नहुनेपपनि नेकपाले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

सत्तारुढ नेकपाभित्र विवाद चर्किदै, विप्लव नेकपामाथी प्रतिबन्ध, राजावादीहरुको प्रर्दशन फैँलिदै



प्रतिक्रिया दिनुहोस !