४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय सहकारी बैंकले कृषि क्षेत्रमा लागानी नगर्ने,लगानीको शीर्षकबाटै हटायो

प्रकाशित मिति :  7 December, 2020 7:19 pm


काठमाडौं,२२ मंसिर ।

राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्ष ०७७/०७८ मा कृषि तथा कृषि परियोजनाको क्षेत्रमा लगानी नगर्ने निर्णय गरेको छ । बैंकले चालू आ।वको कर्जा सम्बन्धी विविध शीर्षकहरु मध्यबाट कृषि सम्बन्धी लगानीको शीर्षक हटाएको हो ।

बैंकले आवश्यकता र लगानीका आधारमा चालू आर्थिक वर्षमा कृषि शीर्षकको लगानी हटाउनु परेको तर्क गरेको छ । सहकारी बैंक सबै सहकारीको थोक कर्जादाता भएका कारण र कृषि क्षेत्रका लागि लगानी गर्न राष्ट्र बैंकबाट पाउने सहुलियत कर्जा समेत यसपटक उपलब्ध नभएकाले सो शीर्षक नै हटाउनुपरेको बैंकको दाबी छ ।

गत वर्ष बैंकले कूल २७ अर्ब १५ करोड २६ लाख ४७ हजार कर्जा लगानी गरेकोमा कृषि तथा कृषि परियोजनातर्फ मात्र ७ करोड ३५ लाख ४४ हजार ९ सय ९४ रुपैंया लगानी गरेको थियो । उक्त लगानी कुल लगानीको शून्य दशमलव २७ प्रतिशत मात्र हो ।

 

 



प्रतिक्रिया दिनुहोस !