३ आश्विन २०८१, बिहिबार

सत्ता सकंट र राजावादीको प्रर्दशकाबीच प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठकको आव्हान

प्रकाशित मिति :  8 December, 2020 9:25 am


 

काठमाडौं,२३ मंसिर ।

सत्ता संकट गहिरिएका बेला र राजावादीहरुले प्रर्दशन बढाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आव्हान गरेका छन् ।

उनले आज बिहान ११ बजेपछि बस्ने गरि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको जानकारी गराईएका छन् । प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र अफ्ठेरोमा परेका छन् भने राजावादीहरुको प्रदर्शन बढाईरहेका छन् ।

सडकमा भइरहेको प्रदर्शनपछि संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षधर एकजुट भएर जानुपर्ने आवाज उठेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले           सर्वदलीय बैठकको आव्हान गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !