३ आश्विन २०८१, बिहिबार

विप्लव नेतृत्व नेकपाले मोरङमा शिक्षक हत्याको जिम्मा लियो, प्रतिकारमा मारिएको दाबी

प्रकाशित मिति :  8 December, 2020 8:26 pm


फाइल फोटो

काठमाडौं,२३ मंसिर ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङका शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मोची कोशी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै मोरङको मिक्लालुङ -१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएका हुन् ।

विज्ञप्ति जारी गर्दै राजेन्द्र श्रेष्ठले सुराकी गरेको आरोप लगाईएको छ । विज्ञप्तिमा भनिएको छ, “निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेचीकोशी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसन समेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्यूरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामाग्रीसहित १ लाख रुपैयाँ लुट्न साघाउ पुराएका थिए ।”

इन्चार्ज प्रतापले जारी गरेको विज्ञप्तिमा आफूहरुले पटक पटक त्यस प्रकारको पार्टी विरोधी गधिविधि रोक्न र सम्झाउँदापनि नमानेको दाबी गरिएको छ । विज्ञप्तिमा यसपटक पनि सम्झाउन जाँदापनि हतियार लिएर आक्रमण गर्न आईलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु भएको भनिएको छ ।

मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज विहान घरबाटै अपहरण गरेका थिए । उनको टी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या गरिएको प्रहरीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !