४ आश्विन २०८१, शुक्रबार

सुलिचौर-थबाङ सडकको स्तरोन्नती सुरु

प्रकाशित मिति :  9 December, 2020 7:38 pm


जुनिसकुमार विष्ट

रोल्पा,२४मंसिर ।

रोल्पाको सुलिचौर थबाङ सडकको स्तरोन्नती सुरु भएको छ। सुनछहरी गाउँपालिका वडा नम्बर ५ कसलादेखि सुनछहरी गाउँपालिका वडा नम्बर १ फुलिबन सिर्क्याङ भिरसम्म १५.६२ किमि सडकको ब्याक कटिङ,सडकको संरचना,ग्राबेल र नालीका कामहरु सुरु भएको हो।

लुम्बिनी प्रदेश सरकारको २१ करोड ६३ लाख ८३ हजार ४ सय ७९ पैसा बजेटबाट उक्त सडकको स्तरोन्नती सुरु भएको हो । निर्माण सुरु भएको दुई वर्ष भित्र सक्ने गरि निर्माणको जिम्मा कन्काई इन्टरनेशनल प्रा. लि. झापाले लिएको छ।

सुलिचौरदेखि सिर्क्याङ भिरसम्म जिटिजेट जर्मन संस्थाले वि.स.२०६१ साल देखि मोटरबाटो खोलेको थियो।त्यस पछि पुर्वी रोल्पाका जैमाकसला,जेलबाङ,उवा,थबाङ,सेरम,गाम,स्युरी  लगायत तत्कालिन गाविसहरु सडक सञ्जालसँग जोडिएका थिए ।



प्रतिक्रिया दिनुहोस !