४ आश्विन २०८१, शुक्रबार

कोरोना संक्रमित सत्तारुढ नेकपा केन्द्रीय सदस्य एवं पूर्वराजदूत लामाको निधन

प्रकाशित मिति :  10 December, 2020 8:21 am


काठमाडौं,२५ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका लामाको गएराति निधन भएकोहो । ६९ वर्षीय लामाको आइसियूमा राखेर उपचार गर्दा पनि सुधार नभएको राति राति ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनले २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूतको भूमिका निर्वाह गरेका थिए ।

लामालाई प्रेसर, सुगरको समस्यासँगै किड्नीमासमेत समस्या थियो।



प्रतिक्रिया दिनुहोस !