२० आश्विन २०८१, आइतबार

अफगानिस्तानमा एक महिला पत्रकारको गोली प्रहार गरेर हत्या

प्रकाशित मिति :  11 December, 2020 7:19 am


काठमाडौं,२६मंसिर ।

अफगानिस्तानमा एक महिला पत्रकारको गोली प्रहार गरेर हत्या गरिएको छ ।

पत्रकार मलाला माएबन्दको हिजो जलालाबादमा आफ्नो कामका शिलशिलामा हिँडिरहेका बेला हतियारधारी समूहले उनको गाडीमा गोली प्रहार गरेर हत्या गरेको हो । आक्रमणमा मलालाका चालक मोहम्मद ताहिर पनि आक्रमणमा मारिएका छन् ।

अहिलसम्म आक्रमणको कसैले जिम्मेबारी नलिएको बीबीसीले जनाएको छ । मलाला एनिकास टेलिभिजन तथा रेडियोको पत्रकार थिइन् । प्रान्तीय गर्भनरका प्रवक्ता अतउल्ला खोगियानीले आक्रमणकारीहरु हत्यालगत्तै भागेको बताएका छन् । पत्रकार मलाला सामाजिक अभियन्ता समेत थिइन् । उनले धैरैपटक अफगानिस्तानमा महिला पत्रकारले भोगिरहेको चुनौतीबारे खुलेर बोलेकी थिइन् । पत्रकार मलालाकी आमापनि सामाजिक अभियन्ता थिइन् जसको पाँच वर्ष पहिले बन्दुकधारीहरुले हत्या गरिदिएका थिए ।

अफगानिस्तानमा पछिल्ला दिनहरुमा पत्रिकार,सामाजिक अभियन्ता तथा राजनीतिकर्मीलाई निशासना बनाउने गरिएको छ । यसअघि चर्चित टेलिभिजन प्रस्तोता यामा सियावाससहित २ जनाको हत्या गरिएको थियो भने रेडियो लिबर्टीका पत्रकार अलियास दायीको समेत बम आक्रमणमा मृत्यु भएको थियो । मलालाको हत्यासँगै अफगानिस्तानमा महिला पत्रकारका लागि काम गर्न थप चुनौतीपूर्ण बनेको भन्दै पत्रकार सम्बद्ध संघसंगठनहरुले चिन्ता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !