३ आश्विन २०८१, बिहिबार

नेकपाका प्रवक्ता श्रेष्ठ विवादमा तानिएको हाइड्रोपावर कुन हो र के हो शेयर विवाद ?

प्रकाशित मिति :  12 December, 2020 12:19 pm


 

काठमाडौं, २७ मंसिर ।

नेपाल कम्युष्टि पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको केहीदिन अघि निधन भयो । लामाको निधनसँगै नेकपाकै प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई विवादमा ल्याउने गरि एउटा अडियो र भिडियो क्लिप बाहिरियो ।

त्यसमा हाइड्रोपावर सेयर विवादमा श्रेष्ठले मध्यस्थता गर्न खोजेको आसय देखिन्थ्यो । श्रेष्ठलाई नै विवादमा मुछ्ने गरि आएको विवादबारे सम्बन्धित हाइड्रोपावर कम्पनी बोलेको छ । उक्त शेयरविवाद भएको हाइड्रोपावर कम्पनी हो, याम्बालिङ्ग हाइड्रोपावर प्रा.लि. । जुन सिन्धुपाल्चोकको गुम्बा गाउँपालिकामा पर्छ ।

लामाकी श्रीमती इन्द्रमायाका अनुसार सिन्धुपाल्चोकको गुम्बा गाउँपालिका ५ अन्तर्गत ७.२७ मेगावाटको याम्बालिङ्ग हाइड्रोपावरको अनुमति लिएर दुबैको नाममा सञ्चालन गर्ने निर्णय भयो । इन्द्रमायाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“सो हाइड्रो सञ्चालनका लागि विगत १० वर्षदेखि हाम्रो चलअलच सम्पत्ति, आफन्त इष्टमित्र,पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न गर्यौं । तर न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं ।”

लामापत्नी इन्द्रमायाले जारी गरेको विज्ञप्ति

जब नेपाल विद्युत प्राधिकरणले उक्त हाइड्रोपावरको अनुमतिपत्र खारेज गर्ने प्रकृया थाल्यो त्यसपछि जोडिएका थिए पार्टीभित्रका मान्छे र नारायणकाजी निकट सुसन कर्माचार्य । त्यसपछि कमानसिंह लामा र इन्द्रमायाले केही सेयर राखेर कम्पनी कर्मचार्यसहितको टोलीलाई हस्तान्तरण गरेका थिए ।

कम्पनीका अनुसार स्व.कमान सिंह लामा र उनकी पत्नी इन्द्रमाया तामाङले सञ्चालन गरेको याम्बालिङ्ग हाइड्रो पावरमा २०७५ सालमा गम्भीर आर्थिक संकट देखा परेको थियो । आर्थिक संकटपछि कम्पनी सञ्चालन गर्न सक्ने अवस्था रहेन । त्यसछि समस्या समाधानका लागि अनुरोधपछि आपसी सहमतिमा कम्पनीको   आर्थिक संकट समाधानका लागि साविकका सञ्चालक र बर्तमान सञ्चालकबीच आर्थिक,कानुनी र व्यवहारिक सबै प्रकृया पुरा गरेर टेक ओभर गरिएको विज्ञप्तिमा उल्लेख  छ । कम्पनीसँग श्रेष्ठको कुनै सम्बन्ध नभएको दाबी गरिएको छ ।

लामा पत्नी इन्द्रमायाका अनुसार कर्मचार्यसहितको टोलीले उनीहरुको ‘उद्धार’ गरेको थियो । इन्द्रमायाको विज्ञप्तिमा भनिएको छ,“तत्कालिन अवस्थामा मेरो सेयर धेरै थियो र मेरा पति कमरेड लामाको सेयर थोरै थियो । अन्य व्यक्तिको सेयरपनि थियो । हामीले सञ्चालन गर्न नसक्दा साथीभाइको ऋणले हाम्रो आर्थिक अवस्था टाट पल्टिने र हाम्रो राजनीतिक र सामाजिक जीवन समेद्ध सिद्धिने अवस्थामा पुगेको बेला सुसन कर्माचार्य लगायतका साथीहरुको कम्पनीले हाम्रो उद्धार नै गर्यो ।”
आफ्नो राजनीतिक अविभावक भएकाले श्रेष्ठलाई यो कुरा जानकारी गराएको इन्द्रमायाको भनाई छ ।

श्रेष्ठले आफूहरुलाई आर्थिक पारदर्शीता र अनुशासनको बोरमा मात्रै सम्झाएको उल्लेख छ । इन्द्रमायाले लामासँग विवादको मुख्य चुरो कुरो हाइड्रोमा आफ्नो शेयर बढी हुनु नै भएको दाबी गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !