२० आश्विन २०८१, आइतबार

नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमित शिक्षा अधिकृत विष्टको निधन

प्रकाशित मिति :  13 December, 2020 9:15 am


बाँके,२८ मंसिर ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका कोरोना संक्रमित शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५० वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परीक्षणमा मंसिर २५ गते विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि विष्ट २६ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको आज बिहान साढे ३ बजे निधन भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !