३ आश्विन २०८१, बिहिबार

पूर्व सभामुख महराले भने,’नेकपा विभाजन गर्न देशी विदेशी शक्तिहरु सकृय भएर लागिरहेका छन्’

प्रकाशित मिति :  13 December, 2020 8:52 pm


दाङ,२८ मंसिर ।

पूर्व सभामुख कृष्णबहादुर महराले पार्टी विभाजन गर्न देशी विदेशी शक्तिहरु लागि परेको दाबी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य हेमराज शर्मा र दामा शर्माकी आमाको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै महरा ‘ठूलो मेहनतले दुई ठूला कम्युनिष्ट पार्टी एक भएको स्मरण गर्दै विवाद हुँदाबित्तिकै पार्टी विभाजन गर्न देशीविदेशी शक्तिहरु सक्रिय भएको दाबी गरेका हुन् ।

पार्टी विभाजन नगरी विवाद समाधानको उपाय खोजिने महराको भनाई छ । स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी विधि पद्धतिभन्दा माथि व्यक्ति हुन नसक्ने बताए । उनले पार्टी चलाउन विधि पद्यती स्थापित गर्नुपर्ने बताए । पार्टीमा भईरहेको विवाद पद प्रतिष्ठा पाउँनका लागि नभई विधि स्थापित गर्न सघर्ष भईरहेको शर्माको दाबी थियो ।

यस्तै स्थायी कमिटी सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिचाई वर्षमान पुनले सरकार पार्टीलाई तालमेल मिलाएर जानुपर्नेमा जोड दिए । पार्टीमा भइरहेको विवाद सहमतिबाटै समाधान खोजिने पुनले विश्वास व्यक्त गरे ।

शर्माको श्रदाञ्जलीसभामा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा केन्द्रीय सदस्य जीवन गौतम, निर्मल आर्चाय, मेटमणी चौधरी, भागवत विश्वासी, इन्द्रजित थारु, जेपी शर्मा , जयपुरी घर्ती, लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीलगायत जिल्लाका नेताहरु पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !