१३ मंसिर २०८१, बिहिबार

क्रिसमस अवधिमा कडा लकडाउन गर्ने जर्मनीको निर्णय

प्रकाशित मिति :  14 December, 2020 7:19 am


काठमाडौं, २९ मंसिर ।

कोरोना संक्रमणको जोखिम रहेको भन्दै जर्मनीमा क्रिसमसको समयमा कडा लकडाउन गर्ने निर्णय गरेको छ ।

जर्मनीमा देशभर बुधवारदेखि अत्यावश्यक सेवाबाहेक सबै पसल तथा विद्यालयहरु बन्द गरिने छ । चान्सलर एंगेला मर्केलले क्रिसमसको सपिङमा जम्मा भएको भिड पछिल्लो समय फैलिएको कोरोना संक्रमण र मृत्यको लागि जिम्मेवार रहेको त्यहाँको सरकारले जनाएको छ । जर्मनीमा १० डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ ।

१६ राज्यका नेताहरुसँगको छलफलपछि चान्सलर मर्केलले कोरोना नियन्णका लागि तत्कालै थप निर्णय आवश्यक भएको बताईन् । जर्मनीमा रेष्टुरेन्ट,बार तथा मनोरञ्जनका अन्य क्षेत्र नोमेम्बरदेखि नै बन्छ छ भने कतिपय क्षेत्र स्वेच्छिक लकडाउनमा चलिरहेको छ । देशव्यापी लकडाउनका क्रममा बैंक तथा खाद्यान्नजस्ता अत्यावश्यक पसल खुल्लै रहने छन् भने सैलुन बन्द हुने बीबीसीले जनाएको छ ।

क्रिसमस ट्री बेच्ने पसल भने खुल्ला रहने छ । कम्पनीहरुका लागि आफ्ना कर्मचारीलाई घरबाटै कामको व्यवस्था गर्न सरकारले आग्रह गरेको  छ । जर्मनीमा आइतबार मात्रै २०,२०० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !