४ आश्विन २०८१, शुक्रबार

आगामी आ.व.का लागि चाहिने मल परिमाण जानकारी गराउन पालिकाहरुलाई कृषि मन्त्रालयको आग्रह

प्रकाशित मिति :  14 December, 2020 8:26 am


काठमाडौं, २८ मंसिर ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि माघ मसान्तभित्र आफ्नो पालिकालाई आवश्यक मलको प्रकार र परिणाम एकिन गरि प्रदेश समितिमा पठाउन आग्रह गरेको छ ।

नयाँ निर्देशिका कार्यान्वयन सागै मन्त्रालयले माघ मसान्तभित्र चाहिने मल प्रदेश समितिमा पठाउन भनेको हो । मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जीसी भनेका छन्, “सबै पालिकाले आगामी आ. व.को लागि माग मसान्त भित्र आफ्नो पालिकालाई आवश्यक मलको प्रकार र परिमाण एकिन गरी माघ मसान्तभित्र प्रदेश समितिमा पठाउनु पर्नेछ।”

नयाँ निर्देशिकाको कार्यान्वयन पश्चात बिक्रेताको सिफारिस सहित अनिवार्य रुपमा क्षेत्र निर्धारण पनि पलिकाबाट हुनु पर्नेछ व्यवस्था छ । मन्त्रालयले रासायनिक मलको अहिले कुनै अभाव नरहेको र अब नहुनेपनि प्रष्ट पारेको छ ।

जिसीले भनेका छन्, “कहि कतै उपलब्धतामा समस्या भए तुरुन्तै कृषि सामाग्री कम्पनी वा साल्ट ट्रेडिङ कर्पोरेसनलाई खबर गरौ । समस्या समाधान नभए कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जानकारी दिनुहोस्।”

सम्बन्धित समाचार

कृषि मन्त्रालयले भन्यो:प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको छ, समस्या परे फोन गर्नुहोला (सम्पर्क नम्बरसहित)



प्रतिक्रिया दिनुहोस !