३ आश्विन २०८१, बिहिबार

सरकार विरुद्ध नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन,’सर्वसत्तावाद’ विरुद्ध व्यापक जनमत प्रकट भएको दाबी

प्रकाशित मिति :  14 December, 2020 7:19 pm


काठमाडौं,२९ मंसिर । 

नेपाली कांग्रेसले सरकार विरुद्ध देशव्यापी प्रदर्शन गरेको छ । सरकारप्रति नरम बनिरहेको आरोप लगेको प्रमुख प्रतिपक्षी कांग्रेसले आज ७७ जिल्लामा नै सरकार विरुद्ध शक्ति प्रर्दशन गरेको हो ।

नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएपनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको तथा भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको भन्दै त्यसको विरुद्ध प्रर्दशन गरेको हो ।

सरकारको प्रवृत्तिका कारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको कांग्रेसको दाबी छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको उसको ठहर छ । प्रर्दशनलाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । आजको प्रर्दशनपछि सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भएको कांग्रेसले दाबी गरेको छ ।

विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्, “एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ । आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस !