३ आश्विन २०८१, बिहिबार

प्रहरीले पक्राउ गरेका विप्लव नेकपाका म्याग्दी ‘जनसरकार प्रमुख’को उपचारका क्रममा मृत्यु

प्रकाशित मिति :  14 December, 2020 8:00 pm


कास्की,२९ मंसिर ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार गजेन्द्र पुनको निधन भएको छ ।

प्रहरीले पक्राउ गरेका ५८ वर्षीय पुनको आज पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कारागारमा एक्कासी बेहोस भएका पुनलाई अस्पताल भर्ना गरिएको थियो ।

पुनका आफन्तले प्रहरी प्रशासनले समयमा उपचार गर्न नलगेका कारण उनको मृत्यु भएको आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !