४ आश्विन २०८१, शुक्रबार

तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु,पश्चिमी वायुको आंशिक प्रभाव

प्रकाशित मिति :  15 December, 2020 7:58 am


काठमाडौं,३० मंसिर ।

देशको तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको पनि जनाएको छ ।

तीन दिनसम्मको मौसममो अनुमानित अवस्था सार्वजनिक गर्दै महाशाखाले तराईका अधिकांश भू-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 मंसिर ३० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा  आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 पौष १ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


पौष २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तराईका अधिकांश भू-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !