संवैधानिक परिषद्को बैठकप्रति प्रचण्ड पक्ष असन्तुष्ट, कांग्रेसलाई धेरै पद दिएरपनि नियुक्ति टुंग्याउने पक्षमा ओली
काठमाडौं,३० मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकपनि पार्टीभित्र छलफल नगरेर बोलाएपछि नेपाल कम्युनिष्ट पार्टी (नकपा) थप असन्तुष्टि देखिएको छ ।
पार्टीभित्र आन्तरिक किचलो चलिरहेका बेला ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई चिढाउने गरि अगाडी बढेका हुन् । प्रचण्ड निकट स्रोतले भन्यो, “संवैधानिक परिषद् बैठकबारे पार्टीमा मात्रै होईन दुई अध्यक्षबीचपनि छलफल भएको छैन ।”
ओलीको तयारीबारे पार्टीका बहुसंख्यक सदस्य असन्तुष्ट छन् । ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई झण्डै बराबरीको भाग लिएर पनि संवैधानिक निकायमा नियुक्ति गर्न चाहेको प्रचण्ड पक्षको दाबी छ । अहिले विभिन्न संवैधानिक नियकामा ४० भन्दा बढी पद रिक्त छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र भन्दापनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल र सहमति गरेर संबैधानिक परिषद्मा नियुक्त गर्न चाहेको प्रचण्ड नेपाल पक्षको आशंका छ । नियुक्तिका लागि बिहान ९ बजे संबैधानिक परिषद्को बैठक बोलाईएको छ ।