३ आश्विन २०८१, बिहिबार

नेकपा भित्रको बिबादको असर संवैधानिक परिषद्को बैठकमा, सभामुखको अनुपस्थितिमा बैठक

प्रकाशित मिति :  15 December, 2020 11:06 am


काठमाडौं, ३० मंसिर ।

नेकपा भित्रको बिबादको असर संवैधानिक परिषद्को बैठकमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । सभामुख सापकोटा समन्वय अभाव भन्दै बैठकमा गएनन् । तर, अोलीले बैठक रोकेनन् ।

पार्टीभित्र छलफल नगरेर बोलाएपछि नेपाल कम्युनिष्ट पार्टी (नकपा) मा पनि थप असन्तुष्टि देखिएको छ ।

पार्टीभित्र आन्तरिक किचलो चलिरहेका बेला ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षलाई चिढाउने गरि अगाडी बढेका हुन् । प्रचण्ड निकट स्रोतले भन्यो, “संवैधानिक परिषद् बैठकबारे पार्टीमा मात्रै होईन दुई अध्यक्षबीचपनि छलफल भएको छैन ।”

ओलीको तयारीबारे पार्टीका बहुसंख्यक सदस्य असन्तुष्ट छन् । ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई झण्डै बराबरीको भाग लिएर पनि संवैधानिक निकायमा नियुक्ति गर्न चाहेको प्रचण्ड पक्षको दाबी छ । अहिले विभिन्न संवैधानिक नियकामा ४० भन्दा बढी पद रिक्त छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र भन्दापनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल र सहमति गरेर संबैधानिक परिषद्मा नियुक्त गर्न चाहेको प्रचण्ड नेपाल पक्षको आशंका छ ।

नियुक्तिका लागि बिहान ९ बजे संबैधानिक परिषद्को बैठक बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस !