३ आश्विन २०८१, बिहिबार

संवैधानिक परिषदमा पनि प्रधानमन्त्री ओलीलाई सकस, सभामुख सापकोटा नगएपछि बैठक स्थगित

प्रकाशित मिति :  15 December, 2020 12:08 pm


काठमाडौं,३० मंसिर ।

संवैधानिक परिषद्‍को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम पुगेन र बैठक स्वतः स्थगित भएको हो।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

दुई दिनअघि प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा नगएपछि बैठक स्थगित गर्दै प्रधानमन्त्रीले पुनः आज विहानका लागि बैठक बोलाएका थिए । आजको विहानको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए। बैठक आज बेलुकी फेरि ५ बजे बैठक बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !