३ आश्विन २०८१, बिहिबार

किरियापुत्रीको भेषमा प्रदर्शन

प्रकाशित मिति :  15 December, 2020 2:27 pm


सिन्धुपाल्चोक मंसिर ३० । नेपाली कांग्रेसले सरकारको विरोधमा गरेको देशव्यापी प्रदर्शनका क्रममा सिन्धुपाल्चोकको वाह्रविसेमा पनि प्रदर्शन भएको छ । नेपाली कांग्रेसको क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिले गरेको बिरोध ¥यालीमा कांग्रेसका नेता कार्याकर्ताले शंख फुकेर किरियापुत्रीको भेषमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका थिए । कम्युनिस्ट सरकारको भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ अघि बढेको भन्दै कांग्रेसले बाह्रबिसेमा विरोध तथा प्रदर्शन गरेको हो । ¥यालीपछि आयोजित विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ओली नेतृत्वको सरकार लोकतन्त्र समाप्त पार्न लागेको आरोप लगाउनुभयो । नेता बस्नेतले वर्तमान सरकार पूर्ण असफल भइसकेको भन्दै सरकार विदेशीको इशारामा नाचेको आरोप लगाउनु भयो । उहाँले कम्युनिस्ट सरकारका जुनसुकै कु–कार्य तथा भ्रष्टचारहरूको जन्मकुण्डलीको चाङ लगाउँदै जाने र समय आएमा भण्डाफोर गर्ने चेतावनी दिनुभयो । विरोध सभामा हजारौंको संख्यामा उपस्थित भएका थिए । विरोध कार्यक्रममा कांग्रेसका नेताहरू हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, लीला नेपाल, टंक कार्की, सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सरकारको दिन समाप्त भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सदस्य टपेन्द्र दर्नाल र नेता युधिर पौडेलले सेतो वस्त्र लगाएर विरोध जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !