४ आश्विन २०८१, शुक्रबार

उखु किसानका बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरेर असुल गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  15 December, 2020 4:06 pm


काठमाडौं,३० मंसिर

सरकारले उखु किसानका बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरेर असुलउपर गर्ने निर्णय गरेकाे छ।

गृहमन्त्री, उद्योग मन्त्री, कृषि मन्त्री र संघीय मामिला मन्त्रीकाे आज गृह मन्त्रालयमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

उद्योगीले लामाे समयदेखि किसानका भुक्तानी नदिएकाे, किसान र सरकारसँग गतवर्ष भएकाे सम्झौता पालना नगरेकाे, सरकारबाट पाउने सहुलियत लिने तर किसानलाई मुल्य पनि नदिने गरेकाे, नेपालकाे चिनी थन्क्याएर आयात गर्ने अनि त्यही चिनी बाहिर पठाएर फेरि सुविधा लिएकाे, चिनी बिक्री गरेर पनि भुक्तानी राेकेकाे लगायत विषयमा छलफल भएको छ ।

अहिलेसम्मकाे उद्योगीकाे व्यवहार हेर्दा किसानलाई याे वा त्याे बाहानामा ठगी गरेकाे बैठकले निष्कर्ष निकालेको छ । त्यसैले उद्योगीलाई पक्राउ गरि ठगीकाे अपराधमा कारबाही गर्ने र किसानका सबै बक्यौता असुल गरिने निर्णय भएकाे एक मन्त्रीले बताए ।



प्रतिक्रिया दिनुहोस !