३ आश्विन २०८१, बिहिबार

संवैधानिक परिषद विवाद : प्रचण्ड पक्षको ध्यान संसदीय सुनुवाइ समितितिर

प्रकाशित मिति :  16 December, 2020 8:04 am


काठमाडौं,१ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धित अध्यादेश ल्याएर नियुक्ति प्रकृया अगाडि बढेपछि नेकपाभित्र थप अफ्ठेरो परिस्थिति सिर्जना भएको    छ ।

प्रधानमन्त्रीसहित तीन सदस्य मात्रै भएपनि निर्णय गर्न सक्ने गरि हिजो नै द्रुत गतिमा अध्यादेश ल्यएर बैठक बसाएपछि अर्का अध्यक्ष प्रचण्ड पक्षधरको ध्यान संसदीय विशेष सुनुवाई समितिमा गएको छ । सुनुवाई समितिमा ओलीका २ जना मात्रै सदस्य छन् ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सुनुवाइका क्रममा परिषद्को निर्णयका पक्षमा जम्मा २ जना सदस्य उभिए भने सम्माननीय प्रधानमन्त्री र परिषद्को मर्यादा बढ्ला ? भन्दै प्रश्न गरेका छन् ।

उनले समाजिक सञ्जालमा भनेका छन्,”हाम्रो संविधानले राज्यमा नियन्त्रण र सन्तुलनको प्रभावकारी व्यवस्था गरेको छ । संवैधानिक परिषद्को सन्तुलनकारी संरचना अध्यादेशमार्फत् भत्काइए पनि संसदीय सुनुवाइ कायम छ ।”

रिजालले विगतमा संवैधानिक परिषद्ले सिफारिश गरेका प्रधानन्यायाधीशलाई अस्वीकार गरेर यसले नजीर स्थापना गरिसकेको समेत उनले स्मरण गराएका छन् । रिजालले भनेका छन्, “संवैधानिक परिषद्ले विवादका बीच निर्णय गर्नुअघि १४ सदस्यीय संसदीय सुनुवाइ समितिको संरचना ख्याल गर्दा आफ्नै मर्यादा जोगिन्छ ।”



प्रतिक्रिया दिनुहोस !