३ आश्विन २०८१, बिहिबार

नेकपा विवाद : आमने सामनेपछि केही साम्य

प्रकाशित मिति :  16 December, 2020 8:26 pm


काठमाडौं, १ पुस । 

प्रधानमन्त्री केपी शर्माले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएर नियुक्ति प्रकृया अगाडि बढाएपछि प्रचण्ड पक्षले विशेष महाधिवेशन बोलाउने निष्कर्षमा   पुग्यो ।

आज स्थायी कमिटी बैठक थियो । यसैबीचमा अध्यादेश जारीपछि नेकपाभित्रको तनाव अमने सामनेपछि केही मथ्थर भएको देखिएको छ । यद्यपी समाधान उन्मुख भने अझै भएको छैन । ओलीले अध्यादेशको खेल सुरु गरेपछि प्रचण्ड पक्षले संसदको विशेष अधिवेशन मागसहित राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउन पुग्यो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक थियो । सुरुमा ओली बैठकमा सहभागि नहुने भनेपछि प्रचण्डले छलफल गरेर बैठकमा ल्याउन सफल भए । अध्यादेशको ‘तरवार’ चलाएपछि ओलीमाथी पनि प्रचण्ड पक्षले विशेष महाधिवेशनको ‘तरवार’ उठायो । ओलीलाई अध्यादेश फिर्ता ल्याउन दबाव दिने उद्देश्यले नेता भिम रावल र फम्फा भुसाललाई राष्ट्रपति कार्यालय शीतल निवास पुगे ।

रावल र भुसाल शीतल निवास पुग्दा पौने १ बजेको थियो भने स्थायी कमिटी बैठकको समय १ बजे तोकिएको थियो । स्थायी कमिटी बैठक बसेर नसकिदासम्म भुसाल र रावल दिनभर शीतल निवासमा बसे । उनीहरुले हस्ताक्षर दर्ता गर्न राष्ट्रपतिले नमानेको भनेर ओलोचना त गरेका छन् तर स्थायी कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेपछि मात्रै फर्किएका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार आजको बैठकमा तीनवटा सहमति भएका छन् । जसमा पहिलो सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता गर्ने र दोस्रो संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ता गर्ने छ ।

ओली पक्षले यसबारे प्रष्ट धारणा बने सार्वजनिक गरेको छैन । यद्यपी ओली आजको स्थायी कमिटी बैठकमा उपस्थित भए र सोही बैठकले यस्तो सहमति गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

संवैधानिक नियुक्तिहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको पनि प्रचण्ड सचिवालयको दाबी छ । त्यस्तै पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।

बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने भन्दै राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी गराएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !