५ आश्विन २०८१, शनिबार

मकवानपुरको कैलाश गाउँपालिकामा विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण

प्रकाशित मिति :  17 December, 2020 8:05 pm


काठमाडौं,२ पुस ।

मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत बाल बिकास कार्यक्रम नेपाल नामक गैर सरकारी संस्थाले विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

प्रति ब्ल्याङ्केट २ जना बालबालिका लाभान्वित हुने गरी कैलाश गाउँपालिकाका ४ ओटा वडामा ४२५ थान ब्ल्याङ्केट वितरण गरिएको हो । विगत ३ वर्षदेखि गाउँपालिकासँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, सरसफाई तथा खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको बाल बिकास कार्यक्रम नेपालले बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ब्ल्याङ्केट वितरण गरेको थियो ।

साबिक नामटार र कालिकाटार अर्थात् कैलाश गाउँपालिका वडा नं. ३, ४, ९ र १० का बासिन्दाका लागि ब्ल्याङ्केट वितरण गरिएको हो । कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले सरकारको प्राथमिकतामा विपन्न वर्गका मानिसहरूको जीवनस्तर सुधार र दैनिक जीवन सहजीकरण गर्ने हुनुपर्ने बताए ।

कैलाश गाउँपालिका वडा नं. १० स्थित शान्ति श्रृजना आधारभूत विद्यालयमा आयोजना भएको ब्ल्याङ्केट वितरण समारोहमा बागमती प्रदेशका सांसद ओम बहादुर ग्लान (प्रदीप),केएफएचआईका जेम्स पार्क, कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तान्, उपाध्यक्ष सुकुमाया थिङ, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !