५ आश्विन २०८१, शनिबार

रोल्पाको माडी गाउँपालिका अन्तर्गत घर्तीगाउँ बजार क्षेत्रको सडक यसै वर्ष कालोपत्रे हुने

प्रकाशित मिति :  17 December, 2020 8:39 pm


काठमाडौं,२ पुस ।

रोल्पाको माडी गाउँपालिका अन्तर्गत  घर्तीगाउँ बजार क्षेत्रको करिब १ किलोमिटर सडक यसै वर्ष कालोपत्रे हुने भएको छ ।

लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार पुन, माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनसहितको टोलीसँग संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले घर्तिगाउँ बजार क्षेत्रको १ किलो मिटर यसै बर्ष कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका हुन् ।

पश्चिमी रोल्पाको केन्द्र रहेको घर्तीगाउँ बजारमा विभिन्न संघीय अड्डाहरु, गाउँपालिका कार्यालय, विभिन्न बैंक, इलाका स्तरीय कार्यलयहरु छन् भने व्यापारिक हिसाबले पश्चिम् रोल्पा, रुकुम र सल्यान समेतको मुख्य विन्दु् हो ।

छलफलका क्रममा अध्यक्ष पुनले संघीय सरकारले कालोपत्रे नगरे जनताबाट उठाएर आफूहरुले काम गर्ने भन्दै मन्त्री नेम्वाङसँग असन्तुष्टि जनाएका थिए ।

जवाफमा भौतिक पूर्वाधार मन्त्री नेम्वानेम्वाङले जसरीपनि बजेटको व्यवस्था गरेर तत्कालका लागि घर्तीगाउँ क्षेत्रमा कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री नेम्वाङलाई माडी गाउँ कार्यपालिको निर्णय सहितको मागपत्र पेश गरिएको अध्यक्ष पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !