५ आश्विन २०८१, शनिबार

‘मास्टरशेफ यूके’मा नेपाली शेफ सन्तोष शाह उत्कृष्ट उत्कृट तीनमै सिमित

प्रकाशित मिति :  18 December, 2020 8:37 am


काठमाडौं,३ पुस ।

पाककला सम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूकेु’मा नेपाली शेफ सन्तोष शाहले’उत्कृष्ट तीन’मा रहेर आफ्नो यात्रा टुंगाएका छन् ।

उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बीबीसी न्यूज नेपालीलाई बताएका छन् ।
केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।’

यूकेका २५ वर्षीय एलेक्स वेब विजेता घोषित भएका छन्।



प्रतिक्रिया दिनुहोस !