३ आश्विन २०८१, बिहिबार

पार्टीभित्र दबाबमा परेपछि बल्ल ‘बालुवाटार बाहिर’ ओली, प्रचण्डलाई भट्न खुमलटारमा

प्रकाशित मिति :  19 December, 2020 11:08 am


काठमाडौं,४ पौष ।

पार्टीभित्र जारी विवाद कायमै रहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । विवाद चर्किपछि पहिलो पटक ओली प्रचण्ड निवास पुगेका हुन् ।

पछिल्लो समय आली पार्टी कार्यालय समेत मुस्किलले जाने गरेका थिए भने बालुवाटारकै बैठकमा पनि अनुपस्थित हुने गरेका थिए ,। हिजो बेलुकी बालुवाटारमै प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेका ओली प्रचण्ड भेट्न खुमलटार पुगेका छन्।

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेपछि प्रचण्ड पक्षले संसदको विशेष महाधिवेशन बोलाउन हस्ताक्षर लिएर राष्टपति निवास शीतल निवास नै पुगेको थियो । तर स्थायी कमिटी बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता गर्ने र विशेष महाधिवेशन पनि नबोलाउने गरि दुबै पक्ष पछि हटेका थिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली पार्टीभित्रबाट थप दबाबमा परेको आँकलन गरिएको छ । यद्यपी सहमति अनुसार उनले अध्यादेश अझै फिर्ता गरेका छैनन्। दुइ अध्यक्षको भेटअघि महासचिव विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेर छलफल गरेका थिए ।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछी त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेका छन् । दुबै प्रतिवेदनलाई छलफल गर्न स्थायी समितिमा पेश गरिएपनि ओलीले प्रचण्डको प्रस्ताव फिर्ताको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !