३ आश्विन २०८१, बिहिबार

Breaking :प्रधानमन्त्री ओलीद्धारा संसद विघटनको सिफारिस, बैशाख २३ मा आम चुनावको प्रस्ताव

प्रकाशित मिति :  20 December, 2020 12:29 pm


काठमाडौं,५  पौष ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका कारण संसद विघटनको अवस्था उत्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्माले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् । सिफारिस लिएर राष्ट्रपति भण्डारी भेट्न गएका प्रधानमन्त्री ओलीले वैशाख २३ गते आम चुनावको प्रस्ताव गरेका छन् ।

आज बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेका थिए । प्रस्तावको ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले ओलीको उक्त प्रस्तावको प्रतिवाद गरेका थिए । तर प्रधानमन्त्री ओलीले कुनै कुरा नसुनेर विघटनको सिफारिस गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !