३ आश्विन २०८१, बिहिबार

संसद विघटनको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

प्रकाशित मिति :  20 December, 2020 1:18 pm


काठमाडौं,५ पौष ।

नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेका हुन् ।

शर्माको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ(संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’

शर्माले विज्ञप्तिमा थपेका छन् , “आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।”



प्रतिक्रिया दिनुहोस !