३ आश्विन २०८१, बिहिबार

नेकपा मसालले भन्यो, ‘संसद विघटन गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम’

प्रकाशित मिति :  20 December, 2020 1:45 pm


काठमाडौं,४ पौष ।

नेकपा मसालले संसद विघटनलाई गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम भनेर टिप्पणी गरेको हो ।

महामन्त्री मोहन विक्रम सिंहले विज्ञप्ति जारी गर्दै भनेका छन्, “मन्त्रिपरिषद्द्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसका लागि राष्टपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको छ,त्यसलाई नेकपा मसालले गम्भीर गल्ती तथा अप्रजातान्त्रिक कदम ठान्दछ र त्यसको कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ ।”



प्रतिक्रिया दिनुहोस !