३ आश्विन २०८१, बिहिबार

ओलीलाई अनुशासनको कारबाही, महरालाई स्थायी कमिटीमा लैजाने निर्णय

प्रकाशित मिति :  20 December, 2020 5:47 pm


काठमाडौं,५ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको छ ।

अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले संविधान विपरित र लोकतन्त्रलाई खतरामा पार्ने काम गरेकाले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको प्रवक्ता  श्रेष्ठको भनाइ छ ।

बैठकले पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। साथै बैठकले पूर्व सभामुख कृष्ण बहादुर महरालाई स्थायी ‌कमिटीमा ल्याउन केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !