२० आश्विन २०८१, आइतबार

संसद विघटनसँगै विप्लव नेकपाद्धारा ‘नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दी’को प्रस्ताव

प्रकाशित मिति :  20 December, 2020 9:25 pm


फाइल फोटो

काठमाडौं, ५ पौष । 

प्रतिनिधि सभा विघटनसँगै सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नयाँ आधारमा ऐतिहासिक संवाद,सहकार्य र मोर्चाबन्दीको प्रस्ताव गरेको छ ।

महासचिव नेत्र बिक्रम चन्द विप्लवले आज बेलुकी विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो संकटको वास्तविक समाधान, शान्ति,स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिष्ट,बामपन्थी,प्रगतिशिल, लाेकतन्त्रवादी, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न हाम्रो पार्टी विशेष आग्रह गर्दछ ।”

महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकाङ्क्षा पुरा गर्न असफल हुँदा फासिवादको साहाराद्धारा संकट टार्न खोज्ने संसवादी तत्वहरुको विश्वव्यापी चरित्रअनुरुप ओलीले संसद विघटनको कदम चालेको टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !