४ आश्विन २०८१, शुक्रबार

८०० सय वर्षपछि आज बृहस्पति र शनि ग्रह पृथ्वी नजिक आउँदै

प्रकाशित मिति :  21 December, 2020 2:49 pm


काठमाडौ, ६ पुस ।

आज डिसेम्बर २१ तारिक अर्थात  पुस ६ गते यस बर्ष पृथ्वीको दक्षिण गाेलार्धमा लामाे दिन र उत्तरी गाेलार्धमा लामाे रात  सँगै पृथ्वीमा खगाेलियन घटना हुने भएकाे छ ।

आज साैर्यमण्डलमा रहेका २ वटा ग्रह पृथ्वी नजिक अाउने भएका छन् ।आज राति साैयमण्डममध्येका ठुला ग्रह वृहस्पति र शनि  जाेडिएकाे देखिने छ ।

सुर्यकाे वरीपरी परिक्रमा गर्ने क्रममा प्रत्येक २० बर्षमा यी ग्रहहरु एकसाथमा जाेडिएकाे देखिने गर्दछन् । करिब ८०० बर्ष पछि पृथ्वीमा नांगाे आँखाले देख्न मिल्ने गरी यी २ ग्रह एक आपसमा जाेडिएकाे जस्तै गरी पास हुदै छन् ।

नेपालका सबै स्थानबाट रातको समयमा वृहस्पति  र शनि ग्रह एकै ठाँउ जाेडिएकाे देख्न सकिने छ । वृहस्पित र शनि माथि अर्धचन्द्रमा पनि देख्न सकिने छ । यी ग्रह  ०.१ डिग्री  नजिक देखिएता पनि यीनीहरुकाे बीचकाे दुरी ७३ कराेड ५० लाख किलाेमिटर हुनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !