२० आश्विन २०८१, आइतबार

सत्तारुढ नेकपाका दुबै पक्षले बोलाए एकै दिन केन्द्रीय कमिटी बैठक,ओली पक्षको बैठक बिहानै

प्रकाशित मिति :  21 December, 2020 8:57 pm


काठमाडौं, ६ पुष ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै पक्षले एकै दिन केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाईएको छ ।

बैठकमा पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको रिजालले जानकारी दिए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि मंगलबार नै केन्द्रीय समिति बैठक बोलाएको छ।

प्रचण्ड नेपाल समूहले दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकअघि नै बस्ने गरी प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !