३ आश्विन २०८१, बिहिबार

नेकपा विभाजनतर्फ गएका बेला पूर्वसभामुख महराले भने, ‘म अझैपनि बृहत कम्युनिष्ट एकताको पक्षमा छु’

प्रकाशित मिति :  22 December, 2020 7:25 am


काठमाडौं, ७ पुष ।

पूर्वसभामुख कृष्णबहादुर महराले आफू अझैपनि बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई हिजो सम्बोधन गर्दै पूर्वसभामुख महराले भने “म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु । म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो ।”

उनले अहिले देश दुई धुव्रमा विभाजित भएको उल्लेख गर्दै वहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गरे । नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत पूर्वसभामु महराले संकेत गरे । उनले भने “अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ ।”

अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उनको भनाई थियो । उनले भने ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन ।’ छलफल र बहशलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !