२० आश्विन २०८१, आइतबार

२०७८ मंसिर २ मा महाधिवेशन गर्ने ओली समुहकाे निर्णय

प्रकाशित मिति :  22 December, 2020 1:28 pm


काठमाडौं, ७ पुस ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षकाे केन्द्रिय समिति बैठकले उक्त निर्णय गरेकाे हाे । त्यस्तै अाजै प्रधानमन्त्री केपी शर्मा ओलीले ओली समुहबाट प्रवक्तामा प्रदिप कुमार ज्ञवालीलाइ चयन गरेका छन् ।

ओली समुहकाे केन्द्रिय सदस्यहरुकाे भेलामा अाेलीले ५५६ जना केन्द्रिय सदस्यमा मनाेनयन गरेकाहरुलाई सपथ ग्रहण गराएका छन् । अर्काे बैठक पुस ९ गतेका लागि बाेलाइएकाे छ ।

 

 



प्रतिक्रिया दिनुहोस !