३ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको अर्को चेतावनी, प्रदेश सरकार हेरफेर गर्न खोजिए थप कदम चाल्ने

प्रकाशित मिति :  24 December, 2020 7:35 am


फाइल फोटो

काठमाडौं, ९ पुस ।

प्रधानमन्त्री केपी ओलीले अब प्रदेश सरकारपनि विघटन गर्नसक्ने संकेत गरेका छन् । २ वर्ष कार्यकाल बाँकी छँदै प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले प्रदेश सरकार हेरफेर गर्न खोजे थप कदम चाल्ने चेतावनी दिएका हुन् ।

केन्द्रजस्तै प्रदेशको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिने र बहुमत साबित गर्न नसके मुख्यमन्त्री पदमुक्त हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री ओलीले योहो टेलिभिजनलाई दिएको अन्तवार्ताका क्रममा पत्रकार जीवराम भण्डारीले पार्टी विभाजनपछि प्रदेशका सरकार पनि संकटमा परेको र अविश्वासको प्रस्तावबाट सरकारहरू फेरबदल हुन सक्ने प्रसंग जोड्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

जवाफमा ओलीले भनेका छन्, ‘यस अवधिमा यथास्थितिमा मिलेर जानू, जे जहाँ जसरी छ त्यसरी मिलेर जानू प्रदेश वा स्थानीय तहमा उचित हुन्छ, नत्र भने, उहाँहरूले कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’ प्रचण्ड माधव नेपाल पक्षले प्रदेशमा पनि सरकार हेरफेरको कसरतको तयारी गरिसकेको छ ।
हाल सात प्रदेशमध्ये चार प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा ओलीनिकट नेताहरू मुख्यमन्त्री छन् ।

केन्द्रमा आफू विरुद्ध अविश्वास प्रस्ताव आउन लागेपछि उनले संसद् नै विघटन गराएका छन् र मुद्धा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट विचाराधीन छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलगत्तै नेकपा विभाजित भइसकेको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशको सरकार ढल्छ, अन्य प्रदेशमापनि हेरफेर हुन्छ : लुम्बिनी प्रदेश अध्यक्ष घर्ती



प्रतिक्रिया दिनुहोस !