३ आश्विन २०८१, बिहिबार

प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि : बादल

प्रकाशित मिति :  24 December, 2020 8:30 pm


फाईल फोटो

काठमाडौं,९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् ।

पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटीको आजको बैठकमा बोल्दै गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए ।

नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उनले भने, “उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ । पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ ।”

नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने बताए । नेकपा विभाजन भएपछि बादलले ओलीलाई साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !