२० आश्विन २०८१, आइतबार

संसद विघटन विरुद्धका १४ रिटमाथि सुनुवाइ सुरु

प्रकाशित मिति :  25 December, 2020 1:22 pm


काठमाडौं, १० पुस ।

सं‌सद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएका १४ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ता सन्तोष भण्डारीसमेत, अमृत खरेलसमेत, कञ्चनकृष्ण न्यौपाने, ज्ञानेन्द्रराज आरणसमेत, शालिकराम सापकोटासमेत, दिनेश त्रिपाठी, दीपक राईसमेत, अमिता गौतम पौडेलसमेत, लोकेन्द्रबहादुर ओलीसमेत, मणिराम उपाध्याय र तुलसी सिंखडाको रिटमा सुनुवाई भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !