३ आश्विन २०८१, बिहिबार

संसद् विघटन गर्ने निर्णयमा कारण देखाउ आदेश जारी

प्रकाशित मिति :  25 December, 2020 4:21 pm


काठमाडौं, १० पुस ।

सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले कारण देखाउ आदेश जारी गर्दै ५ दिन भित्र आवश्यक कागजात अदालतमा पेश गर्न आदेश दिएको हो । सर्वोच्चले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न भनेको छ । साथै विवादको निरुपणका लागि सर्वोच्च बारबाट अदालतको सहयोगी (एमिकस क्यूरी) झिकाउने पनि निर्णय भएको छ ।

पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि उक्त निर्णय विरुद्ध रिट दर्ता भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सिफारिसलाई सदर गर्दै संसद् विघटन भएको घोषणा गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !