३ आश्विन २०८१, बिहिबार

चिनियाँ राजदूत यान्छीले पूर्वसभामुख महरालाई सोधिन, ‘अझै पार्टी एकताको सम्भावना के छ ?’

प्रकाशित मिति :  25 December, 2020 5:45 pm


काठमाडौं, १० पुस ।

चीनले अझैपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकताको सम्भावनाबारे चासो राखेको छ ।

पार्टी विभाजनपछि पनि सकृय रहेकी चिनियाँ राजदूत होउ यान्छीले अझैपनि विभाजित नेकपाको एकीकरणबारे चासो राखिरहेकी छन् । नेकपा विभाजनपछि अहिलेसम्म यान्छीले राष्टपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य वर्षमान पुनसँग भेटिसकेकी यान्छीले आज पूर्वसभामुख कृष्ण बहादुर महरासँग भेट गरेकी छन् ।

नेकपाको प्रचण्ड माधव समूहका स्थायी समिति सदस्य महरालाई भेट्न राजदूत यान्छी महरा निवासमा पुगेकी हुन् । यान्छीले भेटमा अझै नेकपाको एकताबारे प्रश्न गरेकी छन् । पूर्वसभामुख महराले लुम्बिनी सञ्चारसँग भने, “उहाँले समसामयिक विषयमा कुरा गर्नुभयो र अझैपनि नेकपाको एकताको सम्भावना के छ भन्नेबारे जिज्ञासा राख्नुभयो ।”

आफूले सम्भावनाको लागि प्रयासरत रहेको बताए । उनले भने, “मैले पार्टी एकताको सम्भावनाबारे प्रयासरत रहेको भन्दै विवाद तातै रहेकोले यसै भन्न नसकिने बताए ।”

 



प्रतिक्रिया दिनुहोस !