३ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद विस्तार, प्रचण्डको साथ छोड्ने पूर्वमाओवादी नेतालाई अवसर

प्रकाशित मिति :  25 December, 2020 8:38 pm


काठमाडौं, १० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूह छोडेर आएका पूर्व माओवादीहरुलाई नेतालाई अवसर दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्डको साथ छोडेका नेताहरुलाई मन्त्री बनाइदिएका हुन् ।

पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझीले उर्जा, मणि थापाले खानेपानी, गौरीशंकर चौधरीले श्रम, प्रभु शाहले शहरी विकास र दावा तामाङले युवा तथा खेलकुद मन्त्रालय र विमला विकले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

पूर्व माओवादीकै गृहमन्त्री रामबहादुर थापा बादल, लेखराज भट्टपनि ओलीको पक्षमा गएका छन् र उनीहरुपनि मन्त्री छन् ।

प्रतिनिधि सभा विघटनसँग प्रचण्ड नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिएका थिए । पुस ५ गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, उर्जा मन्त्री वर्षमान पुन, कृषि मन्त्री घनश्याम भुसाल, खानेपानी मन्त्री विना मगर, योगेश भट्टराई, वनमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादवले राजिनामा दिएपछि उक्त मन्त्रालय रिक्त थिए ।

मन्त्रिपरिषद्को विस्तारसँगै केही मन्त्री हटाइएका छन् भने केहीका मन्त्रालय हेरफेर गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाएर लामालाई र उद्योग राज्यमन्त्री मोतिलाल दुगड हटाएर विकलाई जिम्मा दिइएको छ ।

भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिँदा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी ह्रदय त्रिपाठीले पाएका छन् । भूमि सुधार तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी शिवमाया तुम्बाहाङ्फेलाई दिएर पदमा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

काुन मन्त्री लीलानाथ श्रेष्ठ बनेका छन् । कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् भने प्रेम आलेले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् । जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् । उनीहरुले राष्ट्रपति कार्यालयमा आजै सपथ ग्रहण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !