५ आश्विन २०८१, शनिबार

माक्र्सवादी चिन्तक तथा दिगो कृषिका अभियन्ता स्वनाम साथीको निधन

प्रकाशित मिति :  26 December, 2020 8:29 am


काठमाडौं,११ पुस ।

माक्र्सवादी चिन्तक तथा दिगो कृषिका अभियन्ता स्वनाम साथीको निधन भएको छ । वास्तविक नाम शसी शेरचन भएपनि उनी स्वनाम साथीको नामबाट चर्चित थिए ।

कोरोना संक्रमित भएपछि असोज २८ गते उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितर लागिएको थियो । त्यसपछि उनलाई काठमाडौं मोडल हस्पिटल पुराइएको थियो । १५ दिनअघि परीक्षणका क्रममा उनलाई कोरोना देखिएको थियो भने निमोनिया फैलिएको कारण आईसीयूमा राखेर उपचार गरिएको थियो ।

हिजो साँझ मोडेल अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। स्वनाम लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।

म्याग्दीको अर्मनमा २००७ साउन १७ गते जन्मिएका स्वनामलाई कम्युनिष्ट आदर्शका रुपमा लिने गरिन्छ । उनी पछिल्लो समय नपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध थिए । स्वनाम साथी दिगो कृषि अभियानमा समेत संलग्न थिए ।



प्रतिक्रिया दिनुहोस !