३ आश्विन २०८१, बिहिबार

नेकपाका दुई समूहको ध्यान पार्टी कार्यालय कब्जातिर, चितवनमा ओली पक्षले लगाएको ताला प्रचण्ड-नेपाल पक्षले फोड्यो

प्रकाशित मिति :  26 December, 2020 2:06 pm


चितवन,११ पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि छलफल भेला र प्रर्दशन चलिरहेको छ । यसैक्रममा अब पार्टी कार्यालय कब्जातिर पनि दुबै पक्षको ध्यान गएको छ । नेकपाको केपी शर्मा ओली पक्षले चितवनको नेकपा पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल पक्षका नेताहरूले आधा घण्टामै फोडेका छन्।

जिल्ला इन्चार्ज कृष्ण खनाल, अध्यक्ष यमबहादुर परियारसहित जिल्ला सचिवालयका पदाधिकारी गएर कार्यालयमा ताला लगाएका थिए । तर प्रचण्ड पक्षले ओली समूहको ताला केही बेरमै फोडेको हो ।

‘पार्टी अझै औपचारिक रुपमा विभाजित भएको छैन तर चिन्ह र पार्टीको नामको विषयमा लडाइँ चलिरहेको छ । निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम टुंगाएको छैन । यद्यपी दुबै पक्षले एकले अर्कोलाई कारबाही गर्दै संगठन विस्तार, भेला चलाईरहेका छन् ।

चितवनमा नेकपाको १५५ सदस्यीय जिल्ला समिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस !