२० आश्विन २०८१, आइतबार

काठमाडौंमा राप्रपाको मोटरसाईकल र्‍याली

प्रकाशित मिति :  26 December, 2020 3:43 pm


काठमाडौं,११ पुस ।

हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनले आज काठमाडौंमा मोटरसाइकल र्‍याली गरेको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले निकालेको र्‍याली बबरमहलदेखि थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै दरबारमार्गको महेन्द्र शालिकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई पार्टीका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले सम्बोधन गरेका छन्।

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !