२० आश्विन २०८१, आइतबार

नेकपा विभाज : प्रचण्ड-नेपाल समूहमै रहेको छक्कबहादुर लामाको स्पष्टिकरण

प्रकाशित मिति :  26 December, 2020 4:30 pm


काठमाडौं,११ पुस ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि नेताहरु यताउता गर्ने क्रम जारी छ ।

प्रतिनिधि सभा विघटनको चर्को विरोध गर्ने पूर्वमाओवादी नेता प्रभु साह मन्त्री बनिसकेका बेला हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

लामाले आज विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा मनोनय गरेकामा ओलीलाई धन्यवाद दिँदै आफू प्रचण्ड नेपाल समूहमै रहेको स्पष्ट पारेका छन् । यसअघि लामा ओली समूहमा गएको समाचार सार्वजनिक भएको थियो ।

जनमत र हुम्लावासीको सुझावको कदर गर्दै आफू प्रचण्ड नेपाल पक्षमै रहेको उनको विज्ञप्तिमा उल्लेख छ । उनले आफू ओली पक्षमा लागेको भन्ने हल्लाको भ्रममा नपर्न सबै नेता/कार्यकर्ता तथा हुम्लावासीलाई आग्रहसमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस !