२० आश्विन २०८१, आइतबार

नेकपा विभाजनको कम्पन : ओली समूहमा रहेका धादिङ नेकपा अध्यक्षले राजनीतिबाट लिए ‘सन्यास’

प्रकाशित मिति :  27 December, 2020 2:21 pm


 

काठमाडौं,१२ पुस ।

नेपाल कम्युनिष्ट (नेकपा) धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट सन्यास लिएका छन् ।

उनले भनेका छन्,”जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ । नयाँ घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे ।”

जीवनको पीडादायी निर्णय भन्दै फेसबुकमा भनेका छन्,”सुन्दर र पक्की घर निर्माण गर्ने दृढ़ अठोटका साथ धेरै नवजवानहरू वर्षौदेखि अहोरात्र खटे । कसैले काठ काटे , कसैले ढुँगा जुटाए , कसैले इट्टा बनाए , कसैले रड सीमेण्टको जोहो गरे ,कतीले कर्मी कामको तालीम लिए ,कतीले सेनिटरी सामान ल्याए । उनले थप भनेका छन्,सबै सामान एक ठाऊमा जम्मा भयो प्राविधिक ईस्टमेट गरियो सबै सामानबाट एउटै घर बनाए कम्पाउण्ड वालसहित सुरक्षित र बलियो घर बन्ने तर धेरै घर बनाउन खोजे सबै अधुरो हुने निष्कर्ष आयो ।”

पौडेल तत्कालिन नेकपा एमालेको माधव नेपाल पक्षबाट पीडित भएको टिप्पणी हुने गरेको थियो । गत निर्वाचनमा सर्वसम्मतिले प्रदेश सभा सदस्य टिक पाएपनि खोजिएको भन्दै उनले दुखेसो गर्ने गरेका थिए ।

फेसबुकमा उनले लेखेका छन्,”सबै सामाग्री एउटै घरको लागी लगाउने निर्णय भयो । सोंचे जस्तै कम्पाण्ड वाल सहितको घर निर्माण भयो । सबै अगुवाहरूले आ-आफ्नो कोठा लिए । श्रमिक हरूको थाक थलोको टुंगो लागदै थियो । कोठा रोजी सकेकाले एक अर्काको कोठा हेरे आफ़्नो भन्दा तिम्रो राम्रो र सुबिधा सम्पन्न रेछ साटफेर गर्नु पर्यो भन्ने विवाद शुरू भयो ।”

उनले गुनासो गरेका छन्,”सबै आ-आफ़्ना अडानमा डग्मगाएनन् । सबै अगुवा गल बोकेर घरको चार सुरमा पुगे । बिना मुलाहिज़ा जगको ढूँगा निकाले । हेर्दा हेर्दै घर गर्लम्म ढल्यो । अब फेरी नयाँ अलग अलग घर बनाउन लड़ेका घरका काम लाग्ने सामान कसकसले जम्मा गरेको हो आआफ्नो पट्टी थूप्रो लगाउने होड शुरू भएको छ । त्यो तानातानमा अझै कती सामान नस्ट हुने हुन कुनै ठेगान छैन । मन दुखेको छ , अहिले सम्मको दुःख समाप्त भएको छ । फेरी अर्कों घर निर्माण गर्न मनले कत्ती पनी मानी रहेको छैन ।”

प्रचण्ड र माधव नेपाल पक्षले हिजो नै बैठक बसेको थियो । धादिङमा ओली पक्ष कमजोर थियो । भएकाले पनि साथ नदिने देखिएपछि पौडेल निराश भएको निकटका व्यक्ति टिप्पणी छ ।

उनले भनेका छन्,”घर नबनाए ओडारको बास हुने क़ुरा राम्ररी बुझेको छु । तर मन बरू तेसै गर्न घर लडेकै दिन देखी तयार थियो । आज सम्म मनलाइ अन्तिम निर्णय लीने मौक़ा दिए । अन्तिम पटक पनी मनले भन्यो बरू ओडारमा बस । फेरी पनी गल सुरक्षित छन तेरो श्रमको सुरक्षित हुने कुनै ज्ञारेन्टी छैन । जब मन नै अगाड़ी लागदैन भने तनमात्र लिएर हिडनु मन हुनेकालागी पनी घातक हुन्छ । नयाँ घर बनाउने जिम्मा नया पुस्ताको काधमा छाड्दै यो अभियानबाट अलग रहने निर्णय गरे ”

उनले अन्त्यमा भनेका छन्, “आफ्ना सहयात्रीहरूसंग नाई र हुन्न भन्न नसक्ने कमजोरीका कारण क़ेही समय सम्पर्क बाहिर हुने छु । यस विषयमा सम्मझाऊने क़ुरा गरेर समयको बर्बादी नगरी आ-आफ्नो योजनामा लाग्नु होला । राजनीतिक सहयात्राको दौरान साथ सहयोग गर्नु हुने सबै प्रति आभार व्यक्त गर्दै अन्य सामाजिक यात्रामा भेट हुने नै छ । यस निर्णयले कसैको भावनामा चोट पुगेमा क्षमा प्रार्थी छु ।”



प्रतिक्रिया दिनुहोस !